प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्र अझै दबाबमुक्त नरहेको बताएका छन् छन् । मंंगलवार सिंहदरबारमा राजनीतिक दल, निजी क्षेत्र र सरोकारवाला निकायसँग वर्तमान अर्थतन्त्रका समस्या समाधान बारेको छलफलमा बोल्दै प्रधानमन्त्री दाहालले अर्थतन्त्रका कयौँ सूचकहरु सकारात्मक रहेपनि अर्थतन्त्र दबाबमुक्त भने नरहेको बताएका हुन् । उनले अर्थतन्त्रका समस्या समाधानका लागि अझै गहन विमर्श हुन जरुरी रहेको स्पष्ट पारे । प्रधानमन्त्री दाहालले बैंक तथा वित्तीय सस्थाहरुबाट लिइएको ऋण नतिर्नेमाथि सरकार कडा रुपमा प्र्रस्तुत हुने चेतावनी पनि दिए ।



अर्थमन्त्री डा. प्रकाशशरण महतले पनि बैंकबाट ऋण लिएर ऋण नतिर्नेहरुलाई राज्यले नछोड्ने तर, अफ्ठ्यारोमा परेकाहरुलाई भने केही समय उपलब्ध गराउने बताए ।छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै निजी क्षेत्रका प्रतिनिधिले मुलुकको वर्तमान अर्थतन्त्रका विषयमा सरकारका सबै पक्षसँगको छलफलले निजी क्षेत्रको मनोेबल बढाउने काम गर्ने आशा जगाएको बताए । उनीहरुले सरकारले नीतिगत स्थिरता ल्याउनसके अर्थतन्त्र चलायमान हुने दाबी गरे ।
निजी क्षेत्रले मुुलुकको अर्थतन्त्र चलायमान बनाउनका लागि सबै राजनीतिक दलहरुको एजेण्डा आर्थिक हुन आवश्यक रहेको पनि स्पष्ट पारे ।



