काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक भोलि बस्ने भएको छ । आगामी माघ महिनामा महाअधिवेशन आयोजना गर्ने तय गरेको एकीकृत समाजवादीले सो समयमा राष्ट्रियसभाको निर्वाचन हुन गएका कारण नयाँ मिति टुंगो लगाउत सचिवालय बैठक बोलाएको हो ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने बैठकमा अन्तरपार्टी निर्देशन (अपानि) मा नेताहरूको जिम्मेवारी हेरफेर, कार्यविभाजन र विभिन्न कमिटीमा मनोनयनलगायत आन्तरिक विवाद समाधान गर्न छलफल गरिने बताइएको छ ।

पार्टीको संरचना र सामथ्र्य विस्तारका लागि आवश्यक रणनीति, देशभर सङ्गठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजना, समसामयिक परिस्थितिबारे छलफल गरिने बैठकले प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर आवश्यक स्थानमा नेताहरूको जिम्मेवारी हेरफेर गरी सक्षमता र योगदानका आधारमा नेताहरूको जिम्मेवारी हेरफेर समेत गर्ने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय