काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले एनसेलको शेयर खरिदबिक्री अस्वाभाविक रहेको बताएका छन् । सिंहदरबारमा आज बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री दाहालले एनसेलको वैदेशिक लगानी शेयर खरिदबिक्री, कर राजश्व, विदेशी मुद्रा सटही समेतको विषयमा प्रमाण तथा कागजात संकलन भइरहेको जानकारी दिएका छन् ।
प्रधानमन्त्री दाहालले अध्ययन तथा छानबिन समितिको यकिन राय सुझाव प्राप्त भएपछि उक्त राय सुझावको आधारमा नेपाल सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुको नियमन, विदेशी लगानीको वातावरण निर्माणमा थप सहजीकरण, विदेशी मुद्रा सटही सुविधा र कर प्रशासनमा सुधारका लागि आवश्यक कदम चाल्ने प्रतिवद्धता समेत जनाए ।



एनसेल प्रकरणमा कतै, कसैबाट कानून विपरितका काम गरेको पाइए कानुनबमोजिम हदैसम्मको कारबाही गर्न नेपाल सरकार प्रतिवद्ध रहेको बताउँदै प्रधानमन्त्री दाहालले एनसेल शेयर खरिदबिक्री सहज नलागेकै कारण सरकारले अध्ययन समिति बनाएको स्पष्ट पारेका छन् ।



