काठमाडौं । नेपालको लगानी सम्मेलन अघि कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणलाई सुनौलो अवसरको रुपमा लिनुपर्ने जानकारहरुले बताएका छन् । कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी नेपालमा पहिलो पटक मंगलबार नेपालको दुई दिने औपचारिक भ्रमणमा आउँदै हुनुहुन्छ । राजा थानीको भ्रमणबाट नेपालले कतारको लगानी, हमासमा बेपत्ता विपिन जोशीको उद्धार र श्रम सम्झौतासम्मका विषयमा लाभ लिन सक्नुपर्ने परराष्ट्रका जानकारहरु बताउँछन् ।

उहाँहरुले कतारका राजाको भ्रमणबाट नेपाल सरकारले धेरै फाइदा लिनसक्ने अवसर आएको बताउनु भयो । नेपालको जलविद्युत, टेक्नोलोजी ट्रान्सफर लगायतमा लगानी ल्याउन सक्ने वातावरण रहेकोले कतारका प्रतिष्ठित व्यवसायी तथा गैरआवासीय नेपाली संघका अभियान्ता राजेन्द्रकुमार शर्माले कतारी राजाको नेपाल भ्रमण नेपालको लागि सुनौलो अवसर भएको दाबी गर्नुभयो । उहाँले नेपालको लगानी सम्मेलन अगाडि हुन लागेको यो भ्रमणले गल्फ क्षेत्रका लगानीकर्तालाई विश्वास दिलाउन सक्ने उल्लेख गर्नुभयो । उहाँले कतार विश्वका धेरै देशमा लगानी गरेर सफल भएको देश भएकाले नेपालमा त्यस क्षेत्रको लगानी आवश्यक रहेको उल्लेख गर्नुभयो ।

अध्यक्ष शर्माले नेपालमा जलविद्युतको ठूलो सम्भावना रहेकाले जलविद्युतमा पनि कतारको लगानी ल्याउन सक्नुपर्ने बताउनु भयो । कतारले पछिल्लो दशकमा प्रविधिको क्षेत्रमा गरेको विकासको मोडल नेपालमा लागू गर्नसके धेरै फाइदा हुने बताउँदै कतारसँग नेपालमा ३ लाख ५० हजार भन्दा बढी घरधुरी जोडिएकाले नेपाल अनकुल श्रम सम्झौता गर्न आवश्यक रहेको बताउनु भयो ।

नेपाल विश्वमा एडभेन्चर पर्यटनको लागि एउटा सहज गन्तव्य हो । कतारी राजाको नेपाल भ्रमण नेपालको लागि सुनौलो अवसर हो । कतारपछिल्लो दुई दशकमा जुन किसिमले विश्व सामु फिफा जस्तो फुटबलमा विश्व कप गर्न सफल भयो ।

सरकारले कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी नेपाल भ्रमणमा आउने दिन मंगलबार सार्वजनिक विदा दिएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले उक्त दिन सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय