अर्थमन्त्री वर्षमान पुनले कुनै समूह विशेषको प्रभावमा परेर भन्सार महशुल निर्धारण गरिएको प्रमाण सांसद वा बाहिर अन्य निकायमा सांसदहरुले पेश गरे सामना गर्न तयार रहेको बताएकाछन्। मंगलवार प्रतिनिधि सभा बैठकमा भन्सार ऐनका विषयमा सांसदहरुले गरेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्रीले यस्तो बताएकाहुन । उनले आफूले आर्थिक विधेयकमा कुनैपनि व्यवसायी समूहको प्रभाव र दबाबमा निर्धारण नगरेको स्पष्टिकरण दिए । उनले सांसदहरुले त्यस्तो प्रमाण संसद वा अन्य निकायमा पेश गरे सामान गर्न तयार रहेको भन्दै प्रमाण विनाका आरोपलाई रोष्टमबाट नै खारेज गर्ने बताए । उनले तयारी सामानहरुलाई महँगो भन्सार शुल्क र कच्चा पदार्थहरुलाई सस्तो बनायने सरकारको स्पष्ट नीति रहेको उल्लेख गरे । उनले यस्तो नीतिले मुलुकभित्रको आन्तरिक उत्पादन बढ्ने भएकाले भन्सारतिर धेरै चिन्ता लिनुपर्ने अवस्था नपर्ने बताए । उनले आन्तरिक उत्पादन र बिक्रीवितरणतिर आउने अन्तःशुल्कहरु र मूल्य अभिवृद्धिकरबाट मुलुकको राजश्व मुख्य रुपमा सञ्चालन हुने र राजश्व प्रणालीमा जाने विश्वास सरकारको रहेको भन्दै त्यही अनुसारका भन्सार नीति बनाएको बताए ।

उनले एसेम्बल उद्योगहरुको हकमा भन्सार महशुल छुट दीर्घकालिन रुपमा मुलुकमा उत्पादनको प्रवद्र्धन हुने अपेक्षाले दिइरहेको बताए । उनले मुलुकको अर्थतन्त्र भन्सारमा आधारितमा केही सत्यता भएपनि मुलुक पछिल्लो समय बिस्तारै आफ्नै उत्पादनमा आधारित हुँदै गएको दाबी गरे । उनले आगामी आर्थिक वर्षमा समग्र अर्थतन्त्रको अवस्थामा सन्तुलित बजेट आकारमा ल्याएकाले राजश्व संकलनको लक्ष्यमा पूरा हुने दाबी गरे ।

उनले भने ‘भन्सार महशुलमा सरकारले जे सिद्धान्त लिएको छ । जसमा तयारी सामानहरुलाई महँगो भन्सार शुल्क र कच्चा पदार्थहरुलाई सस्तो गर्ने स्पष्ट नीति छ । जसले मुलुकभित्रको आन्तरिक उत्पादन बढेर जान्छ । जसमा हामी भन्सारतिर धेरै चिन्ता लिनुपर्दैन । आन्तरिक उत्पादन र बिक्रिवितरणतिर आउने अन्तःशुल्कहरु र मूल्य अभिवृद्धिकरबाट मुलुकको राजश्व मुख्य रुपमा सञ्चालन हुने र राजश्व प्रणालीमा जाने हाम्रो विश्वास हो । त्यही अनुसारका भन्सार नीतिहरु छन् । एसेम्बल उद्योगहरुको हकमा बाहिरबाट पार्टपुर्जा ल्याउने र नेपालमा गाडी तथा मोटर साइकलहरु जोड्ने र भ्यालु एड वा मूल्य अभिवृद्धि नहुने तर भन्सार महशुल शुल्क कम गरे भन्सार चुहावट भयो भन्ने चर्चा भयो । यसमा धेरै भन्सार गुमेको छ तर दीर्घकालिन रुपमा मुलुकमा उत्पादनको प्रवद्र्धन हुने अपेक्षाले छुट दिइरहेका छौं । यसले मुलुकमा औधोकिकरण हुन्छ भन्ने कुरा विश्वास दिलाउन चाहन्छु । मुलुकको अर्थतन्त्र भन्सारमा आधारितमा केही सत्यता भएपनि मुलुक बिस्तारै आफ्नै उत्पादनमा आधारित हुँदै गएका छौँ । सरकारले कुनै समूह विशेषलाई हिजो वा आज त्यसको प्रभावमा परेर भन्सार महशुल निर्धारण गरियो भन्ने कुरा सोझै खारेज गर्छु । यदि माननियसँग प्रमाण र त्यस्तो लाग्छ भने सांसद वा बाहिर अन्य निकायमा पेश गरे सामना गर्न तयार छु । आगामी आर्थिक वर्षमा समग्र अर्थतन्त्रको अवस्थामा सन्तुलित बजेट आकारमा ल्याएकाले राजश्व संकलनको लक्ष्यमा पुग्छौं । चालु आर्थिक वर्षको जस्तो ४१ प्रतिशतको राजश्व संकलन गर्ने महत्वकांक्षा र अस्वभाविक राखेका छैनौं । लक्ष्य पूरा गर्छौं । भन्सारलाई फेस,कन्ट्याक,पेपर लेस बनाई प्रविधिमैत्री बनाउँदै पारदर्शी बनाउने विषयमा स्पष्ट छ ।’

उनले चालु आर्थिक वर्षको जस्तो ४१ प्रतिशतको राजश्व संकलन गर्ने अस्वभाविक महत्वकांक्षा नराखेकाले आगामी वर्ष राजश्वको लक्ष्य पूरा हुने बताए । उनले भन्सारलाई फेस,कन्ट्याक,पेपर लेस बनाई प्रविधिमैत्री बनाउँदै पारदर्शी बनाउने विषयमा सरकार स्पष्ट नीति लिएर अघि बढेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय