नेकपा एमालेका अध्यक्ष केपी ओलीले कोशी प्रदेश कसैको बिर्ता नभएको बताएका छन । आज पर्वतमा मेची—महाकाली यात्राका क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेशमा एमाले प्रवेश गर्न नदिने भन्नेहरुलाई बुद्धि सच्याउन आग्रह गरेका हुन । अध्यक्ष ओलीले कोशी प्रदेशमा एमालेलाई प्रवेश गर्नै नदिने भन्ने फुर्ति नलगाउन चुनौति समेत दिए ।

अध्यक्ष ओलीले प्रवेश गर्न दिन्न, तोडफोड गर्छु, आक्रमण गर्छु, मारपिट गर्छु भन्ने आतंककारी कुराहरुको सामना गरेर अघि बढ्ने चेतावनी समेत दिए । उनले प्रधानमन्त्री पुष्पकमल दाहालप्रति लक्षित गर्दै आफन्तका लागि बाहेक जनता, लडाकु, घाईते, शहीद, शहिदका परिवारका लागि केही गर्न नसकेको बताए । सरकारको नालायकीले प्रतिगामी शक्तिहरु फेरि उठ्न थालेको अध्यक्ष ओलीको टिप्पणी छ । सरकारले पहिचानवादका नाममा नेपाली जनतालाई फेरि अल्मल्याउने, भ्रममा पार्ने प्रकारका क्रियाकलाप गरिरहेको पनि उनको भनाइ थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय