काठमाडौं । जिल्ला अदालत काठमाडौंले पटक–पटक सार्दै आएको क्रिकेटर सन्दीप लामिछानेको मुद्दा न्यायाधीश पदमराज पाण्डेयको इजलासमा परेको छ ।
गत कात्तिक २३ गते सुनुवाइ गर्दै सरकारी वकिल र सन्दीप पक्षबाट बहस गरेका कानुन व्यवसायीलाई एक महिनाभित्र बहस नोट पेश गर्न अदालतले आदेश दिएको थियो । सर्वोच्च अदालतले गत फागुनमा नै चाँडै फैसला गर्न आदेश दिएपनि पटक पटक सर्दै आएको लामिछानेविरुद्धको बलात्कार मुद्दाको पेसी आजका लागि पुनः तोकिएको हो ।



सन्दीपले बलात्कार गरेको भन्दै २०७९ भदौ २१ मा बालिकाले काठमाडौंको गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन् । गत कात्तिक १८ मा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । तर, उच्च अदालत, पाटनले त्यसलाई उल्टाएको थियो । उच्च अदालतले केही शर्त राखेर २० लाख धरौटीमा छाड्न आदेश दिइएको थियो ।



