बाँकेको कोहलपुरदेखि सुर्खेत जाँदै गरेको भे १ च ४४७० नम्बरको जीपमा एक्कासी आगलागी भएको छ । बाँकेको बैजनाथ गाउँपालिका वडा नं १ देउरालीडाँडा नजिक जीपमा आगलागी भएको प्रहरीले जनाएको छ ।



जीपमा आगो लाग्दा करीब ८० प्रतिशत क्षति भएको गाडी मालिक लक्ष्मीराज अधिकारीले जानकारी दिएका छन् ।



