काठमाडौं । चन्द्रागिरि नगरपालिकाले सम्पूर्ण सहकारी संस्थाहरुलाई तीन महिना भित्र लेखापरीक्षण गराई प्रतिवेदन बुझाउन अनुरोध गरेको छ ।

चन्द्रागिरि नगरपालिकाको आर्थिक विकास शाखाले सूचना जारी गर्दै सहकारी ऐन, २०७४ को दफा ७५ को उपदफा १ र चन्द्रागिरि नगरपालिकाको सहकारी ऐन, २०७५ को दफा ५४ को उपदफा १ ले सहकारी संस्थाहरुले आर्थिक वर्ष समाप्त भएको तीन महिना भित्र प्रतिवेदन पेश गर्नुपर्ने कानूनी व्यवस्था गरेकोले प्रतिवेदन पेश गर्न आग्रह गरेको हो । पत्रमा लेखिएको छ यदि तोकिएको समय भित्र प्रतिवेदन पेश नगर्ने सहकारीलाई आर्थिक ऐन, २०८१ को अनुसूचि ११ को ख (१) बमोजिम जरिवाना गरिने चेतावनी दिइएको छ ।

यसैगरी सहकारी संस्थालाई आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिना भित्र वार्षिक साधारण सभा सम्पन्न गर्न पनि निर्देशन दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय