काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर–७ स्थित चेकपोष्टमा मोटरसाइलको ठक्करबाट पैदल यात्री गम्भीर घाइते भएका छन् ।
बागमती प्रदेश ०२-०२८प-२५७८ नम्बरको मोटरसाइकल तीब्र गतिका कारण अनियन्त्रित भई पेटीमा बसिरहेका पैदल यात्रीलाई ठक्कर दिएको थियो । पैदल यात्री भैरव भण्डारीको टाउकोमा गम्भीर चोट लागेको छ । सामान्य घाइते भएका मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । थप विवरण आउन बाँकी छ ।



यो पनि पढ्नु होस्



