काठमाडौं । छठ पर्वका लागि चाहिने सामाग्रीहरु बनाउन मोरङका माझी टोलका बासिन्दालाई भ्याइनभ्याइ रहेको छ । रंगेली नगरपालिका ६ स्थित माझी टोलका ३० घर परिवार अहिले छठका लागि चाहिने ढक्की, सुप्पा, कोनिया, ढाला बनाउन ब्यस्त रहेका छन । उनिहरुले तराईमा पाईने बासको माध्यमबाट चोया निकालेर छठमा आवश्यक सामाग्री बनाउने गरेका छन ।
सामान्य दिनहरुमा भन्दा छठमा राम्रो आम्दानी हुने गरेको माझी परिवारको भनाइ छ । तर खुला सीमाका कारण भारतीय सामाग्री निर्वाध नेपाली बजारमा आउदा समस्या भएको उनीहरुको गुनासो छ । पुख्यौली पेशा भएकाले माझीहरुले बाँसका सामाग्री बनाउने कार्यलाईं निरन्तरता दिदै आएका छन ।



तर पछिल्लो समय बाँस महंगो हुनुका साथै पुरानो प्रविधिले काम गर्न पनि कठिन हुने गरेको माझीहरुको भनाइ छ । माझीहरुका उत्पादन रंगेली ,कर्सिया, दोहमाना, डाईनिया बजारमा बिक्री हुने गरेको छ । छठका लागि सुप्पा एउटाको २ सय रुपैयाँ, ढक्की ३ सय देखि ३ सय ५० रुपैयाँ र ढक्ना १ रुपैयाँ सम्म बिक्री भैरहेको छ ।



