त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५५ केजी गाँजा बरामद गरिएको छ । विमानस्थलको कार्गोबाट उक्त परिमाणको गाँजा बरामद गरिएको विमानस्थल प्रहरीले जनाएको छ । बुधबार राति कतार एयरवेजको जहाजबाट आएको सामानमा लुकाएर ल्याएको अवस्थामा गाँजा बरामद भएको विमानस्थल प्रहरीले बताएको छ ।

स्पिकरको भाडोमा लुकाएर ल्याएको गाँजा कुकुरले सुँघेर पता लागेको हो । बरामद भएको गाँजा अमेरिकन रहेको बताइएको छ । १०८ कार्टुन गाँजा अमेरिकाबाट आएको विमानस्थलले जनाएकोछ । यो गाँजा ‘दुईदिन अघि आएको बताइएको छ । कुनै एक फर्मको नाममा आएको छ । अहिले सबै खुलिसकेको छैन । अनुसन्धानका लागि लागू औषध विभागमा पठाइएकोछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय