काठमाडौं । पोखराबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना भएको छ । ग. १ ख ८४८५ नम्बरको बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । १६ यात्रु सवार बसमा दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
पूर्व–पश्चिम राजमार्गको बबईसोता पुलको साइडमा सडकदेखि तल बस खसेको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ । घाइतेहरूको लमही अस्पतालमा उपचार भइरहेको छ । सवारी चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भएको प्रहरीले जनाएको छ ।






