नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल सञ्चालनका लागि पहल गर्ने बताएका छन् । आज नेपाली कांग्रेस रुपन्देहीको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले विमानस्थल सञ्चालनका लागि सरकार र सरोकारवाला सबै पक्षसँग छलफल गर्ने बताएका हुन् । उनले विमानस्थलका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणका लागि सम्वन्धित निकायलाई खबरदारी गर्ने प्रतिवद्धता जनाए ।

सभापति देउवाले कांग्रेस नेता एवम् प्रतिनिधि सभा सदस्य बालकृष्ण खाणंले न्याय पाउने विश्वास समेत व्यक्त गरे । उनले सर्वोच्च अदालतमा विचाराधिन मुद्धामा धेरै बोल्न उचित नहुने उल्लेख गर्दै नेता खांणले न्याय पाउनेमा आफ् बिश्वस्त रहेको बताएका हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय