पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका वडा न.२ को चाफी गाउँमा जंगली हाथीले आतंक मचाएको छ । स्थानीयहरुको घर तोडफोड गर्नुको साथै खेतीपातीमा समेत नस्ट गरिरहेको स्थानीयबासीहरुले बताएका हुन । पर्सा राष्ट्रिय निकुञ्ज तथा डिभिजन बन कार्यालय पर्सालाई सो विषयमा जानकारी गराउन्दा समेत हाल सम्म कुनै पहल नगरिएको स्थानीयबासीहरुले गुनासो गरे ।बिगत एक हप्ता देखि उक्त पटेर्वा सुगौली गाउँपालिकाको चाफी टोलमा जंगली हाथीको आतंकले पुरै गाउँबासी नै त्रसित रहेको र रातभरि सुत्न समेत नपाइएको स्थानीयहरु बताएका हुन ।
बौलाहा जंगली हाथीले घर टहराहरु तोडफोड गर्नुको साथै घरमा रहेको खाद्यान्न खानुको साथै किसानहरुले लगाएको काउली खेती, केरा बारी र नगदे बालीमा समेत छती गरिरहेको स्थानीय पीडितहरुले बताए । राती १/ २ बजेनै उक्त जंगली हाथीले चार पाँच जना गरिब असहायको घर तोडफोड गर्नुको साथै घरमा सुतिरहेको अवस्थामा उक्त परिवारलाई सो हाथीले लखेटिएको स्थानीयहरुले बताए ।



पर्सा बन्यजन्तु आरक्षण तथा डिभिजन बन कार्यालय पर्साले उक्त बौलाहा जंगली हाथीको आतंकलाई समयमा रोकिएन वा अन्यत्र सारिएन भन्ने कुनै बेला मानवीय छती हुन सक्ने स्थानीय समाज सेविहरुले जानकारी गराएका हुन ।



