काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अन्य पार्टीमा अवसर नपाएको र खराब प्रवृत्तिका व्यक्ति पार्टीमा भित्रिएकोले तिनीहरुबाट सचेत हुनुपर्ने बताउनु भएको छ ।

जलेश्वरमा पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा सभापति लामिछानेले राजनीतिक प्रतिवेदनमा उल्लेख गर्नुभएको हो । उहाँले अन्य दल छोडेर पार्टीमा आएका अधिकांश व्यक्ति असल, इमान्दार र निष्ठावान रहेपनि केही व्यक्तिहरु गलत प्रवृत्ति बोकेर आएकाले त्यस्ता व्यक्तिले पार्टीलाई बदनाम गराउने सम्भावना बढेको उल्लेख गर्नुभयो । लामिछानेले राम्रा मान्छे आउन नदिन पार्टी भित्रैबाट प्रयास भइरहेको र गलत व्यक्तिको प्रवेशले रास्वपामा पनि पुराना राजनीतिक दलले झेलेको समस्या र प्रवृत्ति झेल्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना हुनेमा चिन्ता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय