काठमाडौं — बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकास मन्त्री माननीय शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ। प्रदेश सरकारको निर्णयअनुसार नियुक्त हुनुभएका मन्त्री बज्राचार्यले आज आयोजित विशेष समारोहबीच सपथ ग्रहण गर्नुभएको हो। सपथ ग्रहण कार्यक्रममा प्रदेश सरकारका उच्च पदस्थ अधिकारी, जनप्रतिनिधि तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

सपथ लिएसँगै मन्त्री बज्राचार्यले बागमती प्रदेशको भौतिक पूर्वाधार क्षेत्रको विकास, सडक, यातायात, पूर्वाधार निर्माण तथा जनतासँग प्रत्यक्ष जोडिएका योजनालाई प्रभावकारी रूपमा अघि बढाउने जिम्मेवारी सम्हाल्नुभएको छ।

नवनियुक्त मन्त्री बज्राचार्यले मन्त्रालयको जिम्मेवारीलाई इमानदारिता र प्रतिबद्धताका साथ पूरा गर्ने तथा प्रदेशको पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।मन्त्री बज्राचार्यको नियुक्तिसँगै बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले नयाँ नेतृत्व पाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय