बारा- मुलुकको प्रमुख औद्योगिक क्षेत्रमध्येको एक वीरगन्ज–पथलैया औद्योगिक करिडोरमा हजार भन्दा बढी साना ठुला उद्योग छन । फलाम, सिमेन्ट, जस्तापाता, कुखुराको दाना, खाद्यान्न, चकलेट, बिस्कुट, मदिरा, चुरोट, लगायतका उद्योग यस क्षेत्रमा संचालनमा छन ।
उद्योग क्षेत्रमा सबैभन्दा बढी लगानी रहेको यस वीरगन्ज–पथलैयाका उद्योग पुर्ण रुपमा संचालन भएमा औद्योगिक विकास तीव्र हुने सम्भावना समेत प्रचुर छ । वीरगन्ज–पथलैया सडक अहिले ६ लेनको छ । बाराको सिमरामा रहेको विशेष आर्थिक क्षेत्र (सेज), निर्माणाधीन गार्मेन्ट प्रोसेसिङ जोन, निर्माणाधीन निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौं तराई जोड्ने द्रुतमार्ग लगायतका पूर्वाधारका कारण समेत अहिले वीरगन्ज–पथलैया औद्योगिक क्षेत्रमा नयाँ उद्योग थपिने क्रम जारी छ ।



यहीँ औद्योगिक करिडोरमा पुर्वधारमा लगानी गर्ने हो भने देशको आर्थिक समृद्धिको ढोका खोल्ने आधार बन्न सक्छ तर सरकारले यस औद्योगिक क्षेत्रमा रहेका उद्योगीका समस्या सरकारले न सुन्छ, न देख्छ ।
प्राधिकरणले अघोषित रूपमा पावर कट लोडसेडिङ गर्दा हाम्रो उत्पादनको लागत बढेको छ र उद्योग पुर्ण रुपमा संचालन गर्न नपाउदा बन्द गर्नुपर्ने स्थिती रहेको जीपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ८ स्थित नेपाल सेरामिक इण्डष्ट्रिजका संचालक शम्भु नाथ झाले बताए ।
अघोषित लोडसेडिङ कति दिनसम्म हो भन्नेबारे केही जानकारी छैन, दैनीक १४ घण्टा पावर कट हुन्छ । प्राधिकरणले अघोषित रूपमा लोडसेडिङ गर्दा बीचमा उद्योग बन्द हुन्छ र निमाण प्रक्रियामा रहेको सबै सामान नै काम नलाग्ने भईदिन्छ । जसले गर्दा बस्तुको लागत मूल्य समेत बढ्ने उद्योगी जितपुरसिमरा नगर उद्योग बाणिज्य संघका अध्यक्ष मोहन शर्माले बताए । उद्योगहरुले यस समस्याको न्युनिकारणका निम्ति जितपुरसिमरा नगर उद्योग बाणिज्य संघलाई पत्र माफत जानकारी दिएका छन । हामीले समेत उनीहरुको समस्या समाधानका निम्ती सम्बन्धित निकायका प्रमुख, मन्त्री तथा प्रधानमन्त्रीलाई समेत जानकारी बाणिज्य संघले बताएको छ ।
बाईट ः मोहन शर्मा, अध्यक्ष जितपुरसिमरा नगर उद्योग बाणिज्य संघ
यता ढल्केबर–हेटौडा ४०० केभीको प्रसारण लाईन निमार्णाधिन भएको कारण त्यहाँबाट माग अनुसारको विद्युत आउन सकेको छैन भने भारतको रक्सौलबाट १३२ केभी भन्दा बढी बिजुली आयत गर्ने क्षेमता नभएका कारण भार प्रेषण केन्द्रबाट बिद्युतको भार हेरेर विशेष गरि बिहन ६ बजे बाट ९ बजे र साझ ५ बजेबाट ८, ९ बजे सम्म कटौती हुने र त्यसको जानकारी समेत उद्योगलाई गराउने गरेको नेपाल बिधुत प्राधिकरण वितरण केन्द्र सिमराले जनाएको छ ।
उद्योगीहरुले भने झै अघोषित वा घोषित कुनै रूपमा लोडसेडिङ गरिएको छैन । अहिले पिक समयमा विद्युतको लोड अधिकतम प्रयोग भएको बेलामा केही समय भर मिलानका निम्ती विद्युत कटौती भएको नेपाल बिधुत प्राधिकरण वितरण केन्द्र सिमराका प्रमुख रमेश रुपाखेतीले जानकारी दिए ।
उद्योग स्थापना गरेर नागरिकलाई रोजगार दिई संचालित भईरहेका उद्योगबाट सरकारले राजस्व उठाउने मात्र कार्य गरी रहेको छ तर उद्योगलाई संचालनका निम्ती आवश्यक पर्ने विद्युतको आपूर्ति समेत मिलाउन सकेको छैन त्यसको भार उद्योगलाई पर्छ । अघोषित लोडसेडिङले झन समस्या थप गरेको छ । औद्योगिक वातावरण निर्माण गर्न सरकारले स्पष्ट नीति ल्याउन आवश्यक छ । औद्योगिक क्षेत्रमा गत माघबाट बिहान र बेलुका उच्च मागको समयमा करिब नौ घण्टा लोडसेडिङ भईरहेको छ । नेपाल विद्युत् प्राधिकरणले अघोषित रूपमा औद्योगिक क्षेत्रमा लोडसेडिङ गरेको छ ।



