https://fb.watch/o5tTuQT2nl/

काठमाडौं । गएराति गएको भूकम्पमा परी नलगाड नगरपालिकाकी उपमेयरसहित १ सय ५० जना भन्दा बढीको मृत्युभएको छ ।

घटनामा १ सय भन्दा धेरै घाइते भएका छन् । जिल्ला प्रशासन कार्यालय जाजरकोटका सूचना अधिकारी हरिश्चन्द्र शर्माले खलङ्गा सदरमुकाम, नलगाड नगरपालिका र भेरी नगरपालिकामा सबैभन्दा धेरै मानवीय क्षति भएको बताउनु भएको छ । उहाँले उद्दार कार्य भइरहेको र भग्नाबशेषमा पुरिएर मृतकको संख्या बढ्न सक्ने बताउनु भयो ।

जाजरकोटको ३ रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ बजेर ४७ मिनेटमा ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पका कारण कतिपय ठाउँमा संचार सम्पर्क हुन सकेको छैन । भूकम्प गएको स्थान विकट हुँदा सुरक्षाकर्मी पैदल जानु पर्ने हुँदा उद्दारका लागि कठिनाई भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय