सरकारी वकिलको कार्यालयले इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गरेको घटनाको अनुसन्धान प्रतिवेदन अनुसार बुधबार अदालतमा मुद्दा दर्ता गर्ने भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीमै फिर्ता पठाएको अनुसन्धान प्रतिवेदन थप बयान लिएर हिजो आएकाले आज काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने तयारी सरकारी वकिलको कार्यालयले गरेको हो ।

शुक्रबार सीआईबीले सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो । चार जनाविरुद्ध संगठित अपराध र भन्सार चोरी निकासीको कसुरमा मुद्दा चलाउन सीआईबीले राय दिएको छ । पूर्वसभामुख महराका छोरा राहुल, तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ र सुन तस्करीमा संलग्न चिनियाँ नागरिक दावाजिन वाङका सवारी चालक लोकेन्द्र पौडेलविरुद्ध मुद्दा चलाउन सीआईबीले राय दिएको छ ।

भेप प्रकरणमा प्रतिवादी बनाइएकाविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३ सय ७४ रुपैयाँ बिगो कायम गरेर मुद्दा चलाउन राय दिइएको छ । राहुल सीआईबीको हिरासतमा छन् । ६१ किलो सुन प्रकरणमा समेत संलग्न दावा छिरिङ हाल कारागारमा छन् ।सीआईबीले पूर्व सभामुख कृष्ण बहादुर महराका छोरा राहुल महरासहित चार जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर गर्न सरकारी वकिललाई राय दिएर अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा रोकिएको भेप छुटाउन महरा बाबुछोराले दबाब दिएको आरोप लागेको थियो । कृष्णबहादुर महरालाई भने मुद्दा चलाउन नपर्ने सीआईबीको ठहर छ । २०७९ पुस १० मा दुबईबाट दावाजिन र अर्का एक चिनियाँ नागरिकको योजनामा भेपमा लुकाएर ९ किलो ११ किलो ५ सय २४ग्राम सुन भेटिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय