काठमाडौँ महानगरपालिकाले तिहारलाई सुरक्षित रुपमा मनाउन आग्रह गरेको छ । शनिवार काठमाडौंमा पत्रकार सम्मेलन गरी काठमाडौं महानगरपालिकाले नेपालीहरुको महान पर्व तिहारलाई भव्य र सुरक्षित रुपमा सम्पन्न गर्न साँझ ८ बजेदेखि राति १ बजेसम्म गस्ती गर्ने जनाएको छ । देउसी भैलोको समयमा राति १ बजेसम्म विभिन्न ४ क्षेत्रबाट गस्ती गरेर सहजीकरण गर्ने महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए ।

महानगरपालिकाले नेपाली किसानले उत्पादन गरेको फूललाई महानगरभित्र प्रवद्र्धन गर्न ४ ठाउँमा स्टल राख्ने पनि जनाएको छ । भृकुटीमण्डप, तीनकुने, बालाजु र हाँडीगाउँमा नेपाली कृषकले उत्पादन गरेका फूलहरु विक्रीका लागि महानगरले सहजीकरण गर्ने छ ।प्रमुख पाण्डेले नेपाली उत्पादनलाई प्रवद्र्धन गर्न सबैले पहल गरुी व्यवस्थित रुपमा अघि बढ्न आवश्यक रहेको बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय