नेकपा एमालेका सचिव एवम् प्रतिनिधिसभाका सांसद योगेश कुमार भट्टराई चढेको गाडिमा पहिचान पक्षधरद्वारा तोडफोड भएको छ ।ताप्लेजुङबाट काठमाण्डौं फर्कने क्रममा फुङलिङ—४ तोक्मेडाँडा बसपार्क नजिकै पहिचान पक्षधरले आक्रमण गरेका थिए । सोही क्रममा भट्टराई सवार गाडिमा ढुङगा र लाठिले हानेको एमालेका कार्यबाहक अध्यक्ष सन्तोष खतिवडाले जानकारी दिए ।
सशस्त्र र नेपाल प्रहरीको स्कटिङमा लगिएको भट्टराईको गाडि मात्रै फुटेको र मानवीय क्षति भने नभएको एमालेले जनाएको छ । यसअघि मध्यान्ह एमाले र पहिचान पक्षधर कार्यकर्ताबिच झडप समेत भएको थियो । भने भट्टराईको निवास अगाडी प्रदर्शन समेत गरेका थिए ।थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।






