प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार सामाजिक न्याय र सुशासन तथा समृद्धिको नारामा केन्द्रित भएर काम गरिरहेको बताएका छन । आज ललितपुरमा नेपाल संवत ११४४ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार सामाजिक न्याय, सुशासन तथा समृद्धितर्फ नागरिकलाई लैजाने दिशामा अग्रसर भएको बताएका हुन । प्रधानमन्त्री दाहालले इतिहासमा गर्व गर्न लायक राष्ट्रिय विभूतिहरु भएकाले उनीहरुलाई स्मरण नगरी देश समृद्ध बन्न नसक्ने जिकिर गरे ।
प्रधानमन्त्री दाहालले नेपाल संवत नेपालीहरुको आफ्नै मौलिकता र इतिहास भएको बताए । प्रधानमन्त्री दाहालले आफू तस्रो पटक प्रधानमन्त्री रहँदा मन्त्रीपरिषद्बाट सरकारी दस्ताबेजमा विक्रम संवतसँगै नेपाल संवत पनि लेखिने निर्णय गरेको स्मरण समेत गरे ।






