काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्था अव्यवहारिक भएको बताउनु भएको छ ।
धुलिखेलमा उच्च शिक्षाका मापदण्डहरूमा एकरूपता र अन्तर्राष्ट्रियकरणबारे राष्ट्रिय उपकुलपति सम्मेलनमा प्रधानमन्त्री दाहालले सबै विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्था व्यवहारिक नभई अव्यवहारिक भएको बताउनु भएको हो । उहाँले प्राविधिक उच्च शिक्षा प्राप्तिका लागि राज्यले प्रयाप्त लगानी गर्न नसक्दा दक्ष शक्ति न्यून रहेको उल्लेख गर्नुभयो ।



प्रधानमन्त्री विश्वविद्यालय, अनुसन्धान निकाय तथा शैक्षिक प्रतिष्ठानहरूमा कुलपति रहने व्यवस्था हुन्छ । साथै मन्त्रालयपिच्छेका परिषद्, समिति र आयोगको अध्यक्ष पनि प्रधानमन्त्री नै हुने व्यवस्था छ ।



