काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । पार्टी कार्यालय सानेपामा दिउँसो सवा १२ बजे बैठक बस्नेछ ।
बैठकमा महासमिति बैठक तयारी, जाजरकोट भूकम्प सम्बन्धमा र समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी कार्यलयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।



आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा गठबन्धन र पार्टीको आन्तरिक भागबण्डाको विषयमा पनि छलफल हुँदैछ ।



