काठमाडौं । सर्वोच्च अदालतमा नियुक्त भएका ६ जना न्यायाधीशले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका सर्वोच्चका ६ जना न्यायाधीशलाई आज दिउँसो ३ बजे शीतल निवासमा शपथ ग्रहण गराउने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
संसदीय विशेष सुनुवाइ समितिबाट अनुमोदन भएसँगै बुधबार राष्ट्रपति पौडेलले सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकाललाई नियुक्त गरेका थिए ।



राष्ट्रपतिले पद तथा गोपनीयताको शपथ गराएसँगै सर्वोच्च पुगेर छ जना न्यायाधीशले आजै कार्यभार सम्हाल्ने कार्यक्रम छ । ६ जना न्यायाधीश थपिएसँगै सर्वोच्चमा २० जना न्यायाधीश भएका छन् ।



