हिन्दु धर्मशास्त्रमा वर र वधुको विवाह उमेरबारे विभिन्न ठाउँमा प्रष्ट पारिएको छ । हिन्दुशास्त्रमा कतैपति ७० वर्षे बूढालाई ७ वर्षे कन्या दिनु भन्ने विधान छैन ।
नेपाली सनातन समाजमा अहिले श्रीस्वस्थानी व्रत चलिरहेको छ । चान्द्रमानको पात्रोअनुसार पौषशुक्ल पूर्णिमादेखि घर घरमा स्वस्थानी व्रतकथा वाचन तथा श्रवण गर्ने क्रम पनि जारी छ । त्यही स्वस्थानी व्रतकथाका विभिन्न प्रसंगलाई लिएर आलोचना गर्नेहरूले ‘अहिलेको समयअनुसार अव्यावहारिक व्रत’, ‘महिला हिंसा गर्न उक्साउने ग्रन्थ’ जस्ता टिप्पणी गर्ने गरेका छन् । अझ कतिपयले त स्वस्थानीलाई आधार बनाएर समग्र सनातन धर्ममाथि नै आक्षेप लगाउने गरेका छन् । कतिपयले कथाको वास्तविक अर्थ नबुझी आक्षेप लगाउने गरेका छन् भने कतिपयचाहिँ हिन्दू धर्ममा भएका आध्यात्मिक तथा दार्शनिक पक्षहरूको गलत अपव्याखा गर्न तल्लीन भएरै लागेका देखिन्छन् ।
सनातन धर्ममा वेद र स्मृतिका गहन पक्ष नबुझ्नेहरूका लागि पौराणिक ग्रन्थ बनाइएका हुन् । सबै वर्ग, तह र तप्काका मानिसहरूले धर्मशास्त्रका नियमहरू सजिलैसँग बुझ्न नसक्ने हुनाले पौराणिक ग्रन्थहरूले कथाको माध्यमबाट शिक्षा र सन्देश दिने प्रयास गरेका हुन्छन् । पौराणिक प्रसंग भावप्रधान हुन्छन् । पुराणका कथाहरूले देवीदेवता वा अन्य पक्षका रमाइला प्रसंगहरू दिएर मानिसलाई सन्देश दिइरहेका हुन्छन् तर हामी कथामा बढी जोड दिन्छौ । कथाको निष्कर्ष के हो वा सार के हो भन्नेतिर ख्याल गर्दैनौं । पुराणमा बताइएका पात्रहरूको क्रियाकलापलाई अनुकरण गर्ने भन्दा पनि त्यसबाट फाइदा वा वेफाइदा के हुन्छ भन्ने विचार गर्ने हो ।
जालन्धर मार्न उसकी पत्नी वृन्दाको सतीत्व नष्ट गरेको (आलोचकहरूको शब्दमा बलात्कार) प्रसंग पनि उठ्ने गरेको छ । आलोचकहरूले यसलाई देवता भएपछि जे गरेपनि हुने वा महिलामाथि गरिएको हिंसाको पराकाष्ठा भएको तर्क गर्छन् ।
स्वस्थानी व्रतकथामा आउने ७० वर्षीय शिवशर्मा र ७ वर्षीया गोमाको विवाहको प्रसंगको बढी आलोचना हुँदै आएको छ । हिन्दु धर्मशास्त्रमा वर र वधुको विवाह उमेरबारे विभिन्न ठाउँमा प्रष्ट पारिएको छ । वर वा वधू दुवै शिक्षा, शारीरिक–मानसिक स्वास्थ्य लगायतमा परिपक्व भइसकेपछि विवाह गर्ने निर्देश छ । हिन्दुशास्त्रमा कतैपति ७० वर्षे बूढालाई ७ वर्षे कन्या दिनु भन्ने विधान छैन ।
स्वस्थानी व्रतकथामा आउने शिव भट्ट र गोमाको जोडीलाई आदर्श जोडी संज्ञा दिई यसकै अनुसरण गर्नु भन्ने निर्देश पनि छैन । बरु ७० वर्षको बूढोसँग ७ वर्षकी गोमाले विवाह गरी पाएको दुःखकष्ट देखाएर अनमेल विवाहले ल्याउनसक्ने परिणामबारे सचेत गराइएको छ । गोमा कलिलै उमेरमा गर्भवती र बालविधवा भएको प्रसंगले पनि बालविवाह वा अनमेल विवाह राम्रो नभएको सन्देश दिएको छ । पाँच वर्षकी बालिका गोमालाई श्राप दिएको प्रसंगमा पनि समयको महत्त्वबोध गराइएको बुझ्न सकिन्छ । समयमै गर्नुपर्ने कामलाई विलम्ब गर्नाले कतिको दुःख पाइन्छ भन्ने सन्देश यस प्रसंगले दिएको छ । आजै वा अहिल्यै हुने काम भोलिको भाखा राख्नेहरूलाई समयमै काम गरे दुःख पाइँदैन भन्ने सन्देश हो, यो ।
यसैगरी जालन्धर मार्न उसकी पत्नी वृन्दाको सतीत्व नष्ट गरेको (आलोचकहरूको शब्दमा बलात्कार) प्रसंग पनि उठ्ने गरेको छ । आलोचकहरूले यसलाई देवता भएपछि जे गरेपनि हुने वा महिलामाथि गरिएको हिंसाको पराकाष्ठा भएको तर्क गर्छन् । यसैगरी हिन्दू धर्मले नै परस्त्री गमन गर्न वा बलात्कार गर्न छुट दिएको अर्थ लगाउनेको कमी छैन । जालन्धर घरमा रूपवती पत्नी हुँदाहुँदै कसकी स्वास्नी राम्री छ भनेर खोज्दै हिड्थ्यो र तिनलाई छल (चलनचल्तीको शब्दमा बलात्कार) गर्दै हिँड्थ्यो भन्ने कथा प्रसंगले बताउँछ ।
समाजमा रहेका त्यस्ता तत्त्वको नाश गर्नु आवश्यक हुन्छ नै । त्यसको बाधक थियो वृन्दाको सतीत्व । एक जनाको सतीत्व नष्ट हुँदा सयौंको सतीत्व जोगिने तथ्य एकातिर थियो । अर्कोतिर वृन्दाको सतीत्वले जालन्धर बलवान भएको वा देवताको शक्तिले पनि नमारिने देखिएको प्रसंगले पत्नी इमानदार रहँदा पुरुष हरेक किसिमले सामथ्र्यवान् हुने मनोवैज्ञानिक व्यावहारिक पक्ष पनि देखाइएको छ । पतिको सन्दर्भमा पनि त्यही हो तर जालन्धर आफ्नी पत्नीप्रति इमानदार थिएन । यस प्रसंगमार्फत पति पत्नी एक अर्काप्रति इमान्दार बन्दा हुने फाइदा र खुला यौनव्यवहारले ल्याउनसक्ने परिणाम बारेपनि सचेत गराएको छ ।
अप्सराहरूले स्वस्थानी परमेश्वरीको व्रत गरेको ठाउँमा पुगी भोक मात्र शान्त पारेनन्, आध्यात्मिक शान्ति पनि लिएर चन्द्रावतीछेउ पुगे । रानी बनेको खबरले अहंकार उत्पन्न भएकी चन्द्रावतीले उनीहरूको हातबाट प्रसाद खोसेर थुःथु गरेर गोडाले कुल्चेर मिल्काइनन् मात्र श्रीस्वस्थानीको निन्दासमेत गरिन् । त्यही अहंकार गर्नाले उनलाई दुःख कष्ट परेको हो ।
के वृन्दालाई छल गर्नु सबै पक्षबाट ठीक थियो त ? स्वस्थानी व्रतकथाको आशय त्यो होइन । यसको प्रमाण हो, विष्णुजस्ता देवतासमेत ढुंगाजस्तो निर्जीव वस्तु र झार, घाँस र रुखजस्ता वनस्पतिमा परिणत हुनपुग्नु । उनी के गर्न सक्दैनथे र ! तर उनले गरेको कुकृत्यका कारण वृन्दाको सरापलाई झुठो बनाउन सकेनन् यस प्रसंगबाट खराब कर्म गर्ने जोसुकै भएपनि दण्डको भागीदार हुनुपर्छ भन्ने सन्देश दिइएको हो ।
यस्तै प्रसाद थुःथु गरेकै भरमा दुःख दिने स्वस्थानीलाई के देवी मानेर पूजा गर्नु भन्ने तर्क गरिन्छ । अधिकार वा सत्तामा पुगेपछि अरुलाई भुसुनासमेत नगन्ने र मनोमानी गर्ने प्रवृत्तिविरुद्ध यो प्रसंग आएको हो । दुःख परेको बेला घरको सासुलाई बेवास्ता गरेर हिँड्ने चन्द्रावती आफ्नो पति नवराज राजा भएको थाहा पाउनेबित्तिकै अभिमानी बनिन् । डोलेहरू चर्को घाममा डोली (चन्द्रावती बसेकी) बोकेर लावण्य देशतिर लागे । भोक–प्यासले आकुल ब्याकुल भएका उनीहरू बीच बाटोमा पुगेपछि डोली बिसाएर खानेकुराको खोजमा भौतारिए ।
अप्सराहरूले स्वस्थानी परमेश्वरीको व्रत गरेको ठाउँमा पुगी भोक मात्र शान्त पारेनन्, आध्यात्मिक शान्ति पनि लिएर चन्द्रावतीछेउ पुगे । रानी बनेको खबरले अहंकार उत्पन्न भएकी चन्द्रावतीले उनीहरूको हातबाट प्रसाद खोसेर थुःथु गरेर गोडाले कुल्चेर मिल्काइनन् मात्र श्रीस्वस्थानीको निन्दासमेत गरिन् । त्यही अहंकार गर्नाले उनलाई दुःख कष्ट परेको हो । यस प्रसंगबाट कसैले आस्था गरेको वस्तुलाई अनास्था गर्दा कस्तो परिणाम निस्कन्छ भन्ने सन्देश ग्रहण गर्न सकिन्छ । पछि आफूले गरेको गल्तीको प्रायाश्चित र निरन्तरको लगावपछि उनले पुनर्जीवन पाइन् ।
यसैगरी स्वस्थानी व्रतकथामा आउने एक प्रसंगलाई लिएर ‘शिवपार्वतीलाई परिक्रमा गरेकै भरमा गणेश पूजामा पहिलो बने । चाकडी गरेर पद दिने चलन सुरु गरे’ भन्ने आलोचना गरिन्छ । तर यस प्रसंगमार्फत ‘बलभन्दा बुद्धि ठूलो’ भन्ने सन्देश प्रवाह गरिएको हो । पृथ्वीभ्रमण गरेर पहिले आउने मध्येलाई पहिले पुजिने आशिर्वाद दिने शिवको वचन भुइँमा झर्न नपाउँदै कुमार गन्तव्यतिर लागे । गणेश भने आफ्नो भद्दा शरीर र बाहन मुसाका कारण कुमारसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा थिएनन् । यसैकारण उनले बुद्धिको प्रयोगबाट उनले उपलब्धि प्राप्त गरे । अर्कातिर जन्मदाता आमाबाबुभन्दा ठूलो वस्तु ब्रह्माण्डमै हुनसक्दैन भन्ने सन्देश लिनु बुद्धिमानी हुन्छ । स्वस्थानी व्रतकथाबाट लिनसकिने ज्ञान अरु पनि थुप्रै छन् । दक्षप्रजापति जस्ता ज्ञानी वा विद्वान् पुरुष अहंकारी भएरै नाशिन पुगे । उनको अहंकारकै कारण छोरी सतीदेवीले आत्महत्या मात्र गरिनन्, आफूसमेत टाउको काटिएर बोकाको टाउको जोडिने अवस्थामा पुगे । त्रिपुरजस्तो वास्तुकलाको उत्कृष्ट नमुना बनाउने मयजस्ता दानव अरुलाई अत्याचार गर्ने काममा लागेकै कारण नाशिन पुगे ।
हिजोआज प्रेमको रट लगाएपनि निस्वार्थ प्रेम गर्नेहरू भेटिन मुस्किल छ । केहीलाई छोडेर प्रेमी प्रेमिका र श्रीमान् श्रीमतीको प्रेम स्वार्थविहीन देखिँदैन । यस्तो महादेव–सतीदेवी र महादेव पार्वतीबीच प्रेमलाई उदाहरणीय मान्न सकिन्छ । देहत्याग गरेकी सतीदेवीलाई समेत बोकेर विक्षिप्त भई हिँड्नु, सतीदेवीको सम्पूर्ण अंगपतन भइसक्दा पनि चाल नपाउनु महादेवको पत्नीप्रतिको प्रेम कतिको प्रबल थियो भन्ने बुझिन्छ ।
स्वस्थानीको प्रसाद छोरा वा छोरी दुवैलाई दिन सकियो नि ! यसैकारण छोरीलाई प्रसाद दिन निषेध गरिएको भन्ने तर्क नै गलत छ । अर्को अर्थमा छोरीलाई विवाह गरेर टाढा टाढा दिइने र छोरा आफ्नै नजिकमा रहने भएकाले प्रसाद छोरालाई दिने चलन चलाइएको हुनुपर्छ ।



