इजरायलमाथि हमासको आक्रमणपछि सम्पर्कबिहीन भएका विद्यार्थीको परिचय खुलेको छ । सम्पर्कविहीन हुने नेपाली विद्यार्थीमा लोकेन्द्र धामी, राजेश स्वर्णकार, प्रविन डिसी, प्रवेश भण्डारी, पदम थापा, साजन फुलारा, आशीष चौधरी, नारायण न्यौपानेलगायत छन् । सुरक्षित ठाउँमा जान सफल विद्यार्थीहरूले नै बाँकी साथीहरू हराएको खबर गरेका हुन् । गम्भीर घाइते दुई जनाको अस्पतालमा उपचार भइरहेको छ । हमासको बम आक्रमणमा परी घाइते भएका अन्य तीन जना अस्पतालमा उपचाररत छन् । तीमध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।
नेपालीहरुमा धनबहादुर चौधरी, हिमाञ्चल कट्टेल र विधान सेजुवाल रहेका छन । बाँकी दुई जना एक बंकरमा सुरक्षित रहेको तेलअभिभस्थित नेपाली दूतावासले जनाएको छ । आक्रमणमा परेका विद्यार्थीहरु किबुज अलुमिन कृषि फार्ममा काम गर्दै आएका थिए । फार्मले उपलब्ध गराएको आवासमा १७ जना नेपाली विद्यार्थी थिए । सेदोत नेगेभमा पढ्ने उनीहरू सबै सुदूरपश्चिम प्रदेशका भएको बताइएको छ ।






