चितवन राष्ट्रिय निकुञ्जमा गत कार्तिक ३० गते २ वटा गैडा मारि तस्करी गरेको अभियोगमा ८ जना व्यक्ति पक्राउ परेका छन । आज निकुञ्ज कार्यालयले पत्रकार सम्मेलन गरेर राष्ट्रिय निकुञ्ज बिभागका महानिर्देशक डा सिन्धु प्रसाद ढुङ्गाानाले गैडाको हत्या गरेर खाग तस्करी गर्नेहरु पक्राउ परेको जानकारी दिएका हुन ।

पक्राउ पर्नेमा मुख्य योजनाकार हेटौडा–तीनका रमेश खाति,मकवानपुर राकसिराङका समसेर थिङ, चितवन राप्तिका पासाङ, मकवानपुर मनहरीका थिङ बाजे, रोल्पा सुनछहारिका अर्जुन रोका, गोरखा बारपाकका धनबहादुर गुरुङ, चितवन कोराकका उन बहादुर स्याङ्ताङ, र मकवानपुर मनहरीका इन्द्रबहादुर तामाङ रहेका छन् ।

उनिहरुको साथबाट २ थान खाग, भरुवा बन्दुक, बन्चरो, चक्कु केही कपडा समेत बरामद भएको छ । पक्राउ परेकाहरुलाई अदालतबाट ७ दिनको म्याद थप अनुसन्धान शुरु गरिएको निकुञ्ज कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय