काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तथा काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेकी रञ्जु दर्शना आमा बनेकी छन् ।
उनले मंगलबार बिहान काठमाडौंस्थित सिभिल अस्पतालमा छोरा जन्माएकी हुन् । पारिवारिक स्रोतका अनुसार आमा र नवजात शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।



गर्भावस्थामै पनि उनी केही दिनअघिसम्म चुनावी घरदैलो कार्यक्रममा सक्रिय देखिएकी थिइन् । व्यस्त चुनावी तालिकाका बीच मातृत्वको सुखद खबरले उनका समर्थक तथा शुभेच्छुकहरू खुसी भएका छन् ।



