काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले नगर क्षेत्रभित्र कवाडी सामग्रीको उत्पादन तथा निकासीसम्बन्धी सम्भाव्यता अध्ययनका लागि परामर्शदाता छनोट प्रक्रिया अघि बढाएको छ। नगरपालिकाले प्राप्त प्रस्तावहरूको मूल्याङ्कनपछि कलङ्की, काठमाडौँस्थित विष धारी सप्लायर्सको प्रस्ताव स्वीकृत गर्ने आशयको सूचना प्रकाशित गरेको छ।

नगर कार्यपालिकाको कार्यालय, बलम्बुका अनुसार गत २०८३/०४/२१ गते आह्वान गरिएको प्रस्तावमा प्राप्त बोलपत्रहरूको मूल्याङ्कन गर्दा न्यूनतम कबोल रकम प्रस्तुत गर्ने विष धारी सप्लायर्स छनोट भएको हो।

स्वीकृत आशयअनुसार विष धारी सप्लायर्सले मूल्य अभिवृद्धि कर (मू.अ.कर) सहित रु. ३ लाख ७५ हजारमा कवाडी सामग्रीको उत्पादन तथा निकासीसम्बन्धी सम्भाव्यता अध्ययनको कार्य सम्पन्न गर्नेछ।

नगरपालिकाले सार्वजनिक खरिद ऐन, २०६३ को दफा २७(२) र ४७ बमोजिम प्रस्ताव स्वीकृत गर्ने आशयको सूचना जारी गरेको जनाएको छ। उक्त अध्ययनबाट नगर क्षेत्रभित्र कवाडी सामग्रीको उत्पादन, व्यवस्थापन तथा निकासीको सम्भावना पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय