काठमाडौं – जलवायु परिवर्तनका साझा चुनौती सामना गर्न हिन्दुकुश हिमालय क्षेत्रका देशहरूबीच क्षेत्रीय सहकार्य र विपद् उत्थानशीलता बलियो बनाउनुपर्नेमा नेपालले जोड दिएको छ।टर्कीको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनको अवसरमा नेपाल पेभिलियनमा आयोजित विशेष कार्यक्रममा नेपालले यस्तो धारणा राखेको हो।

‘हिन्दुकुश हिमालयका लागि क्षेत्रीय सहकार्य संयन्त्र स् सीमापार जलवायुजन्य विपद्बाट प्राप्त पाठ’ विषयक उक्त कार्यक्रममा जलवायु जोखिम न्यूनीकरणका लागि साझा रणनीति र प्रभावकारी सहकार्यको आवश्यकता औँल्याइएको थियो।कार्यक्रममा जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएका जोखिम, प्राकृतिक विपद् तथा सीमापार प्रभावलाई सम्बोधन गर्न क्षेत्रीय संयन्त्र सुदृढ बनाउनुपर्नेमा जोड दिइयो।

नेपालले जलवायु अनुकूलन तथा न्यूनीकरण, प्रविधि हस्तान्तरण, ज्ञान आदानप्रदान र सफल अभ्यासको साझेदारीलाई प्राथमिकता दिनुपर्ने धारणा राखेको छ। साथै, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय एकता र सरकार, विज्ञ, नागरिक समाज तथा अन्य सरोकारवालाबीचको साझेदारी विस्तार गर्नुपर्ने आवश्यकता औँल्याइएको छ। कार्यक्रममा विभिन्न देशका नीतिनिर्माता, क्षेत्रीय विज्ञ, जलवायु अभियन्ता तथामा सहभागी प्रतिनिधिहरूको उपस्थिति थियो।

हिन्दुकुश हिमालय क्षेत्र जलवायु परिवर्तनका दृष्टिले संवेदनशील मानिन्छ। यस क्षेत्रको पारिस्थितिक प्रणाली संरक्षण, जनजीवनको सुरक्षा र दिगो भविष्य सुनिश्चित गर्न देशहरूबीचको सहकार्य महत्त्वपूर्ण हुने नेपालको धारणा छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय