मकवानपुर – मकवानपुरको भीमफेदीमा बिहीबार बिहान भएको भीषण माइक्रोबस दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुगेको छ। दुर्घटनामा पाँच जना घाइते भएका छन्। प्रहरीका अनुसार सर्लाहीबाट काठमाडौं आउँदै गरेको विद्युतीय माइक्रोबस बिहीबार बिहान करिब ६ बजे भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीनजिक दुर्घटनामा परेको हो। अनियन्त्रित भएको माइक्रोबस सडकबाट करिब ५०० मिटर तल खसेको थियो।

दुर्घटनाको खबर प्राप्त हुनासाथ नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको टोली घटनास्थलमा पुगेर उद्धार कार्य थालेको थियो। उद्धारका क्रममा दुर्घटनामा परेका यात्रुहरूलाई बाहिर निकालिएको थियो। प्रहरीले दुर्घटनामा १० जनाको मृत्यु भएको र पाँच जना घाइते भएको पुष्टि गरेको छ। घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ।

मृत्यु हुने तथा घाइते हुने व्यक्तिहरूको नाम, ठेगाना र पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। सडकबाट निकै तल खसेको माइक्रोबस दुर्घटनाको कारणबारे पनि अनुसन्धान भइरहेको छ। दुर्घटनाले एकै परिवार तथा गन्तव्यमा यात्रा गरिरहेका यात्रुहरूको जीवनमा ठूलो विपत्ति निम्त्याएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय