आसन्न निर्वाचनको लागि आवश्यक मतदान सामाग्री बुझन जिल्ला निर्वाचन कार्यालय सर्लाहीमा कर्मचारीहरुको भिडलागेको छ । बिहिबार हुने प्रतिनिधी सभा निर्वाचनको लागि अहिले मतदान स्थलमा आवश्य सामाग्रीहरु बितरण भइरहेको जिल्ला निर्वाचन अधिकृत रिषिराम पौडेलले जानकारी दिए । जिल्लामा कायम ३१२ वटा मतदान स्थलका मतदान अधिकृतहरुलाई आवश्यक ५० थरिका समाग्री वितरण गरिरहेको उहाँको भनाई छ । जिल्ला निर्वाचन कार्यालय सर्लाहीले प्रतेक एक मतदान केन्द्रको लागि मतपेटिका दुई थान, छेकबार दुई थान, सुरक्षा शिल २० थान, रंगिन मतदाता नामावली एक सेट, लाहा तीन वटा, सोसर दुई थान, स्टावलर पिन एक बट्टा, कोरा कपडाको टुक्रा, दुई मिटरको दुई थान, प्लाष्टीक थैली दुई थान, प्लाष्टिक सुतली एक केजी एक रोल, रेकर्ड फाईल ४ थान, स्टाम प्याड ४ थान, कर्मचारी परिचयपत्र ७ थान लगाएतको सामान वितरण गरिएको हो । आसन्न निर्वाचनको लागि ३१२ वठा मतदान स्थल, ६२० मतदान केन्द्र कायम छ । ४ वटा निर्वाचन क्षेत्र कायम यस जिल्लामा २ लाख ३२ हजार ७५८ महिला, २ लाख ७८ हजार ८३७ जना पूरुष र ११ अन्य गरी ५ लाख ११ हजार ६०६ जना मतदाता रहेका छन् । यस जिल्लामा सुरक्षाको हिसाबले २३ सामान्य, सम्बेनशिल १३१ र १५८ वटालाई अति सम्बेदनशिलको रुपमा वर्गिकरण गरिएको छ ।

तनहुँमा निर्वाचन सामाग्री बोकेर कर्मचारीहरु मतदान केन्द्रतर्फ लागेका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आयोगले उपलब्ध गराएको सामाग्री बुझेर निर्वाचन टोली मतदान केन्द्रतर्फ लागेका हुन् । तनहुँ–१ को जिल्ला निर्वाचन कार्यालय दमौली र तनहुँ–२ को निर्वाचन अधिकृतको कार्यालय रहेको शुक्लागण्डकी नगरपालिकाको कार्यालय बाट सामाग्री वितरण गरिएको हो । तनहुँ–१ मतपत्र भने मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट दिइएको छ । मतपत्र, पटपेटिका, स्वस्तिक छाप लगायतका सामाग्री बुझेपछि मतदान केन्द्रको सुरक्षाकर्मीसहित कर्मचारीहरु प्रस्थान गरेका छन् । नेपाली सेनाको सुरक्षासहित सामाग्री पठाइएको जिल्ला निर्वाचन अधिकारी विकास लम्सालले बताए । मतदान केन्द्रमा पुगेको टोलीले टाँस्नुपर्ने सूचना अनुसूची टाँस गर्ने उनको भनाइ छ ।

तनहुँ–१ मा ६९ मतदानस्थल छ । २ अस्थायीसहित १५५ मतदान केन्द्र कायम भएको छ । १३ महिलासहित १६ उम्मेदवार प्रतिस्पर्धामा छन् । ६५ हजार १०४ महिला र ६१ हजार ७७८ पुरुष गरेर एक लाख २६ हजार ८८२ मतदाताले मतदान गर्नेछन् । तनहुँ–२ मा ६५ हजार ८०२ महिला र ६१ हजार ७१३ पुरुष गरेर १ लाख २७ हजार ५१५ मतदाता रहेका छन् । ७५ मतदान स्थल र १५६ मतदान केन्द्र कायम गरिएको छ । तनहुँ–२ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित हुन १ महिलासहित ११ जना उम्मेदवार रहेका छन् । दुवै निर्वाचन क्षेत्रमा मतदान अधिकृत, सहायक, सुरक्षाकर्मी, सहयोगी गरेर १ हजार ८६० जना कर्मचारी खटिएका छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय