गृह मन्त्रालय ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। मन्त्रालयले देशभरका ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग भर्चुअल बैठक गरी सुरक्षा तथा व्यवस्थापकीय अवस्थाको समीक्षा गरेको हो। बैठक राजकुमार श्रेष्ठ को अध्यक्षतामा सम्पन्न भएको थियो। बैठकमा निर्वाचनको दिन अपनाउनुपर्ने सुरक्षा सतर्कता, समन्वय र सम्भावित चुनौतीबारे छलफल गरिएको जनाइएको छ।

मन्त्रालयका अनुसार सबै जिल्लामा निर्वाचन सामग्री मतदान स्थलसम्म पुर्‍याइएको छ भने सुरक्षाकर्मीहरू परिचालन भइसकेका छन्। हाल देशभर शान्ति सुरक्षाको अवस्था सामान्य रहेको र कुनै उल्लेख्य अवरोध नदेखिएको बताइएको छ।

गृह सचिवले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण बनाउन स्थानीय प्रशासनलाई थप सजग र समन्वित रूपमा काम गर्न निर्देशन दिएका छन्।
सरकारले नागरिकलाई निर्धक्क भई मतदान प्रक्रियामा सहभागी हुन अपिल गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय