काठमाडौँ । सरकारले पेट्रोलमा इथानोल मिसाएर प्रयोग गर्ने नयाँ व्यवस्था लागू गरेको छ। मन्त्रिपरिषद्ले जारी गरेको ‘पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउनेसम्बन्धी आदेश, २०८२’ राजपत्रमा प्रकाशित भएसँगै यो नीति कार्यान्वयनमा आएको हो। आदेशअनुसार नेपाल आयल निगमले उपलब्धताका आधारमा प्रतिलिटर पेट्रोलमा अधिकतम १० प्रतिशतसम्म इथानोल मिसाएर बिक्री गर्न सक्नेछ। आवश्यकताअनुसार इथानोलको मिश्रण अनुपात बढाउने वा घटाउने अधिकार मन्त्रिपरिषद्मा रहने व्यवस्था पनि गरिएको छ।

सरकारले स्वदेशी कच्चापदार्थमा आधारित उद्योग प्रवर्द्धन गर्ने, कृषि तथा जैविक स्रोतको उपयोग बढाउने, रोजगारी सिर्जना गर्ने तथा ऊर्जा क्षेत्रमा आयातमा निर्भरता घटाउने उद्देश्यले यस्तो नीति ल्याएको जनाएको छ। इथानोल उत्पादनका लागि मोलासेस, नेपियर घाँस, पराल, मकैको ढोड, गहुँको छ्वाली, सिमल तरुल ९कास्साभा० तथा अन्य खेर जाने कृषि तथा वनजन्य जैविक पदार्थ प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।

खाद्यान्नको दुरुपयोग हुन नदिन मानव उपभोगका लागि प्रयोग हुने अन्न इथानोल उत्पादनमा प्रयोग गर्न नपाइने व्यवस्था पनि आदेशमा समावेश गरिएको छ। सरकारले यस नीतिले स्वदेशी उत्पादन र ऊर्जा व्यवस्थापनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय