रोल्पा नगरपालिकाको वडा नम्बर १० को पेवा क्षेत्रका स्थानीय बासिन्दाले नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार वर्षमान पुन अनन्तुसँग आफूहरूको समस्या समाधान गर्ने प्रतिवद्धता माग गरेका छन् । सोमबार घरदैलो गर्दै पेवा पुगेका पुनलाई स्थानीयले विजुली, सडक र टेलिफोन टावर बनाइदिन माग गरे ।ुनगरपालिकाभित्रको यो क्षेत्रमा विद्युत नहुँदा धेरै समस्या भएको छु स्थानीय जुनतारा विकले भनिन्, यो समस्या समाधान गरिदिनुस्, भोट तपाईंलाई नै दिन्छौं ।ु लिबाङबाट पर्यटकीय क्षेत्र जलजला पुग्ने सडक यही आसपासका गाउँहरू छोएर गएको छ । लिबाङ-जलजला सडकको बहुआयामिक महत्त्व रहेको तर खासै प्राथमिकतामा नपरेको स्थानीयको गुनासो छ । सडकको महत्त्व जिल्लाकै पर्यटकीय क्षेत्रसँग जोडिए पनि प्राथमिकतामा परेको छैनु पेवाबासी दयामान घर्तीले भने, हाम्रो मुख्य समस्या सडक पनि हो, यसको स्तरोन्नति होस् ।
नगरका सबैतिर विद्युतीकरण भइसके पनि नगरपालिकाभित्रका यी गाउँ अझै अन्धकारमा छन् । हाम्रो मागहरू पूरा हुन्छन् भन्ने विश्वास त छु स्थानीय रामप्रसाद वलीले वर्षमानलाई भने,हाम्रो माग पूरा गर्नुस्, तपाईंको माग पनि पूरा गर्छौं । स्थानीय रूपलाल घर्तीले पनि विद्युत, सडक र टेलिफोन टावर अहिलेको अति आवश्यक रहेको बताए । पेवा, भरिपुक, भकासिबाङ, थामबजाङ्ङे, कासबाङ, पालपुले, लोडखङ, राउटेधारा लगायतका गाउँहरूमा अझै विद्युत पुगेको छैन । स्थानीय राजेन्द्र परियारका अनुसार करिब २ सय घरपरिवार अहिले पनि अन्धकारमा बस्न बाध्य छन् । वर्षमानले यहाँको विकासमा धेरै कामहरू गरे पनि भौगोलिक विकटताका कारणअझै केही आधारभूत समस्या बाँकी छन् । हिजोदेखि वर्षमानलाई जिताउँदै आएका छौं, अब पनि जिताउँछौुं स्थानीय रूपलाल घर्ती भन्छन्, तर अपुरो कामहरू पूरा होस् ।



यहाँका गाउँमा खानेपानी र स्वास्थ्यको पनि समस्या छ । खानेपानी व्यवस्थापनमा पहल गर्नुपर्ने स्थानीय लालबहादुर घर्ती बताउँछन् । त्यस्तै पेवाका स्थानीय मुलबहादुर रोकाले कृषि उत्पादनलाई बजारिकरणमा पहल गर्नुपर्ने माग गरे । स्थानीय स्याकई निवासी सुकलाल घर्तीले जलजला क्षेत्रमा पाइने जडिबुटीको संरक्षण र पर्यटकीय क्षेत्र विकासमा काम गर्न सुझाव दिए । मतदाताको सुझाव सुनेपछि नेकपाका नेता तथा प्रतिनिधि सभा सदस्यका उम्मेदवार वर्षमान पुनले रोल्पाको विद्युतीय विस्तारका लागि ठूलो रकम विनियोजन गरेको बताउँदै कतिपय ठाउँमा निर्माण व्यवसायीको लापरबाहीले ढिलासुस्ती भएको बताए । ुमैले हिजो पनि जिल्लाको लागि धेरै गरेको छु, तपाईंहरूले देख्नु-भोग्नुभएकै छु पुनले भने, अहिले पनि मत दिनुस्, बाँकी अपुरो काम पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्दछु । पेवा तथा आसपासका क्षेत्रको आवश्यक समस्याका लागि आफूले उच्च प्राथमिकतामा राखेर काम गर्ने बताए । उनले गाउँगाउँमा पुग्दा आफू अत्यन्तै उत्साहित भएको बताउँदै सुझाव, आलोचनाबाट झन् काम गर्न जाँगर आएको बताए ।



