काठमाडौं । बैतडीको पाटन नगरपालिका–८ साढीघाँटीमा जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । खोड्पे–बझाङ सडकखण्डमा म १ ज २२४ नम्बरको जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा तीन जनाको ज्यान गएको छ । मृतकको पहिचान अझै खुल्न सकेको छैन । दुर्घटनामा परी ५ जना घाइते भएका छन् । घाइतेहरूलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनाको कारण अझै खुल्न सकेको छैन र यसबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय