कपा एमालेका नेता महेश बस्नेत आज दिउँसो सुदूरपश्चिम प्रदेशस्तरीय युवा संघको भेलालाई सम्बोधन गर्न धनगढी आउँदै हुनुहुन्छ। उनको आगमनसँगै जन–युवा संगठन (जेनजी) का कार्यकर्ताहरूले सडकमा प्लेकार्डसहित विरोध प्रदर्शन सुरु गरेका छन्।
प्रदर्शनकारीहरूले विभिन्न नारा लेखिएका प्लेकार्ड प्रदर्शन गर्दै बस्नेतको विरोध गरेका छन्। प्रमुख नाराहरूमा “गुण्डाको गुण्डा, Go Back”, “जेनजीको रकतमाथि खेलवाड गर्न पाइँदैन” जस्ता शब्दहरू रहेका छन्।



महेश बस्नेतको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको ठूलो संख्या परिचालन गरिएको छ। बस्नेत धनगढी विमानमार्फत आउँदै हुनुहुन्छ भने सुरक्षा र विरोध प्रदर्शनलाई व्यवस्थित गर्न प्रहरीले सडकमा विशेष सतर्कता अपनाएको छ।
धनगढीका स्थानीय बासिन्दा र यात्रुहरूले सडकमा भइरहेको विरोध प्रदर्शन र सुरक्षाको व्यवस्थाप्रति चासो देखाएका छन्। घटनाले प्रदेशको राजनीतिक गतिविधिमा तनाव बढाएको देखिन्छ।



