काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पटक पटक सोचेर मात्र मतदान गर्न मतदातालाई आग्रह गर्नुभएको छ । चुनावी अभियानको क्रममा कास्की पुग्नुभएका लिङ्देनले कोणशभामा भोट दिनभन्दा पहिले हजारपटक सोच्न आग्रह गर्नुभयो ।
लहडको भरमा मतदान गर्दा देश पछाडी पर्ने भन्दै लिङ्देनले एक पटक हेरौँ भनेर लहडको पछाडी नलाग्न आग्रह गर्नुभयो थियो । लिङदेनले २०६४ सालमा माओवादीलाई बुझदै नबुझी एकपटक हेर्ने भनेर भोट दिंदा देश पछाडी गयो । अहिले दुइ दशक पनि नपुग्दै आफ्नो नाम लिएर मत माग्न नसक्ने अवस्थामा पुग्यो माओवादी नामै फेर्ने अवस्थामा आयो । त्यसैले लहरको पछाडी लाग्दा देश दलदलमा बस्ने हुँदा गम्भीर भएर सोचेर मात्र मतदान गर्न आग्रह गर्नुभयो ।



राष्ट्रिय स्वतन्त्र पार्टी तर्फ लक्षित गदै लिङ्देनले अहिले पनि बजारमा अनेकथरी हल्लाहरु आएको बताए । मतदाता नामावलीमा नाम छ की छैन तर, नयाँलाई भोट दिने भन्दै युवापुस्ताहरु हिडेका छन् । नयाँले के गर्छ, उसको राजनीतिक दर्शन के हो ? उसको पृष्टभूमी के हो ? उसले जित्यो भने देश कस्तो बनाउछ बुझेर मात्र मतदान गर्नुहोस् ।
अध्यक्ष लिङ्देनले कांग्रेस, एमाले र माओवादी भन्दा रास्वपा फरक पार्टी नभएको बताए । रास्वपा कांग्रेस, एमाले माओवादी भन्दा फरक पार्टी हैन राप्रपा नै एक मात्र विकल्पको पार्टी भएको उल्लेख गर्नुभयो ।



