काठमाडौं । २ सय ५० रुपैयाँको सामान खरिद गर्ने एक उपभोक्ताले सरकारको नगद उपहार योजना अन्तर्गत १० लाख रुपैयाँको पुरस्कार जितेका छन् । शिव कृष्ण जेनरल स्टोरमा २ सय ५० रुपैयाँको सामान खरिद गरेका उपभोक्ताले १० लाख रुपैयाँको पुरस्कार जितेका हुन् ।
करदाता प्रोत्साहन उपहार योजनाको साउन महिनाको १५ दिनको बम्पर उपहारको यो घोषणा गरिएको हो । वस्तु तथा सेवा खरिद गर्दा बिल लिने संस्कृतिलाई प्रोत्साहन गर्न सरकारले यो योजना ल्याएको छ ।



बिल लिने उपभोक्तामध्ये हरेक दिन एक जनाले एक लाख ३३ हजार ३४ रुपैयाँ जित्नेछन् भने महिनामा दुई जनाले जनही १० लाख रुपैयाँको बम्पर उपहार पाउनेछन् ।
नेपालभित्र एक पटकमा एक सय रुपैयाँभन्दा बढी मूल्यको वस्तु वा सेवा खरिद गर्ने उपभोक्ता कार्यक्रममा सहभागी हुन सक्नेछन् ।



