

उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले सरकारले उद्योगीलाई प्रोत्साहन गरी उत्पादन बृद्धि गरेर विदेश निर्यात गर्ने नीति लिएको बताएका छन् । शनिबार भैरहवामा रहेको विशेष आर्थिक क्षेत्र सेजको निरीक्षणपछि बोल्दै मन्त्री रिजालले सरकारले उद्योगीलाई सहयोग गरेर मुलुकलाई समृद्धितिर अगाडि बढाउने नीति लिएको बताएका हुन् । उनले सेजमा स्थापित र अब स्थापना हुने उद्योगहरुलाई सरकारले थप छुट र सुविधा दिने प्रतिवद्धता पनि जनाए ।







मन्त्री रिजालले अहिले विशेष आर्थिक क्षेत्र प्राधिकरणले लिइरहेको प्लट भाडा अझै सस्तो गराउन पहल गर्ने पनि बताए ।