काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर–६ स्थित मातातीर्थ फन पार्कमा बृक्षारोपण गरिएको छ ।

वडा ६ ले आयोजना गरेको बृहत बृक्षारोपण तथा विरुवा गोडमेल कार्यक्रममा इलाका वन कार्यालयको सहयोगमा कल्की, एबोगाडो, कपुर, अम्बा, असारे फुल, धुपीलगायतका ३ सय विरुवा पार्क भित्र रोपिएको छ ।

वडा अध्यक्ष संजय सिग्देलले २०७४ सालमा व्यक्तिले कब्जा गरी भोग चलन गरिरहेको अवस्थामा आफुले वडाको जिम्मेवारी पाएसँगै कब्जा गरिएको जग्गा खाली गरी अहिले पार्क निर्माण गरिएको बताउनु भयो ।

उहाँले सार्वजनिक जग्गा संरक्षण हेतुले यस क्षेत्रलाई पार्कको रुपमा विस्तार गरिएको पनि बताउनु भयो । बृक्षारोपण गरिंदा पार्कको सौन्दर्यता बढ्नुका साथै यसले वातावरणीय क्षेत्रमा पनि राम्रो सहयोग पुग्ने उहाँ बताउनु हुन्छ ।

उहाँले यो पार्कलाई नगरकै उत्कृष्ठ पार्कको रुपमा विकास गर्ने र आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र विन्दु बनाई आयआर्जनको रुपमा परिवर्तन गर्दै अघि बढ्ने स्पष्ट पार्नुभयो ।

कार्यक्रममा चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरी, उपप्रमुख बसन्ती श्रेष्ठ, जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका पदाधिकारी, वडाका कर्मचारी, इलाका वन कार्यालयका कर्मचारी, स्थानीयलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय