काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ९ मा भएको मच्छेनारायण मेलामा झण्डै १५ लाख भन्दाबढी भक्तजनले दर्शन गरेका छन् । साउन २ गतेबाट सुरुभएको मेला साउन ३१ गतेसम्म लाग्ने छ ।

भगवान विष्णुको मत्स्य अवतारको दर्शन हुने विश्वको एकमात्र स्थान चन्द्रागिरि नगरपालिकाको मच्छेगाउँको मच्छेनारायण मन्दिर परिसरमा नेवार समुदायले आफ्नो सस्कृति झल्कने बाजागाजासहित लाखेनाच निकालेका छन् । जसले जात्रामा थप रौतकता थपेको छ ।

स्थानीय गणेश जात्रा, महालक्ष्मी जात्रा, विष्णुदेवी जात्रालगायतमा देखाइने लाखेनाच मच्छेनारायण मन्दिर परिसरमा देखाइएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय