काठमाडौं । बजारमा अण्डाको माग बढेपछि नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको समर्थन मूल्यवृद्धि गरेको छ । संघले आजदेखि लागू हुने गरी विभिन्न आकारका अण्डाको नयाँ मूल्य तोकेको हो ।

नयाँ मूल्यअनुसार एक्सएल अण्डाको प्रतिक्रेट ५६० रुपैयाँ, ठूलो अण्डाको ५४५ रुपैयाँ र मिडियम अण्डाको ५ सय रुपैयाँ समर्थन मूल्य निर्धारण गरिएको छ । सानो अण्डाको मूल्य भने सात क्रेटको एक पेटीलाई ३ हजार रुपैयाँ तोकिएको संघले जनाएको छ ।

संघका अध्यक्ष विनोद पोखरेलले बर्डफ्लुको संक्रमणले कुखुरा मरेकाले पछिल्लो समय अण्डाको उत्पादन घटेको र उत्पादन घटे पनि बजारमा माग बढेकाले समर्थन मूल्य पुनरावलोकन गरिएको बताउनु भयो ।

उहाँले विभिन्न फार्मबाट प्राप्त मूल्यलाई आधार बनाएर नयाँ समर्थन मूल्य निर्धारण गरिएको जानकारी दिनुभयो । मूल्य बढे पनि किसानले अझै उत्पादन लागत बराबरको मूल्य प्राप्त गर्न नसकेको बताउनु भयो । संघले अण्डा उत्पादनको लागत प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्छ । यस हिसाबले एक क्रेटको लागत ५७३ रुपैयाँ ६० पैसा पुग्छ ।

बर्डफ्लुले यसअघि केही किसानका कुखुरा मरेका थिए । त्यससँगै उत्पादनमा कमी आउनुका साथै अण्डाले उचित मूल्य नपाउँदा कुखुरापालक किसानले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको संघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय