काठमाडौं । विहिबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उपत्यकाबाट ठूलो संख्यामा मतदाता बाहिरिएपछि राजधानीका सडकहरू सुनसान देखिन थालेका छन् ।

निर्वाचनमा सहभागी हुन आफ्नो गृहजिल्ला फर्किनेहरूको चाप बढेसँगै बसपार्क, टिकट काउन्टर तथा मुख्य नाकाहरू केही दिनयता व्यस्त बनेका थिए । तर बुधबार साँझदेखि नै काठमाडौं उपत्यकाका मुख्य सडक, बजार क्षेत्र र सार्वजनिक स्थलहरूमा सवारी साधन तथा मानिसहरूको चहलपहल उल्लेखनीय रूपमा घटेको देखिएको छ ।

सार्वजनिक यातायातमा यात्रुको भीड कम भएसँगै दैनिक गतिविधि पनि प्रभावित भएको छ । केही व्यावसायिक क्षेत्र आंशिक रूपमा बन्द जस्तै देखिएका छन् भने कार्यालय तथा शैक्षिक संस्थाहरूमा पनि उपस्थितिमा कमी आएको छ ।
निर्वाचन आयोगले मतदानको दिन शान्तिपूर्ण र व्यवस्थित वातावरण कायम गर्न आह्वान गरिरहँदा सुरक्षा निकायहरूले उपत्यकासहित देशभर सुरक्षा व्यवस्था कडा पारेका छन् ।

मतदाताहरू भने लोकतान्त्रिक अधिकार प्रयोग गर्न उत्साहपूर्वक आफ्नो गृहजिल्लातर्फ प्रस्थान गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय