भदौ २३ र २४ गते भएको ‘जेन जी आन्दोलन’ का क्रममा लुटपाट, तोडफोड तथा आगजनीबाट क्षति पुगेको महाराजगञ्जस्थित भाटभटेनी सुपरमार्केट आजदेखि पुनः सञ्चालनमा आएको छ।आन्दोलनका क्रममा सुपरमार्केटको बाहिरी संरचना, सिसा, भित्री सजावट तथा केही सामग्रीमा क्षति पुगेको थियो। घटनापछि सुरक्षाका कारण अस्थायी रूपमा बन्द गरिएको शाखा मर्मत, सरसफाइ तथा सुरक्षा व्यवस्थापन सुदृढ गरी पुनः सञ्चालनमा ल्याइएको व्यवस्थापनले जनाएको छ।
सुपरमार्केटले ग्राहकको सुरक्षा प्राथमिकतामा राख्दै आवश्यक प्रबन्ध मिलाइएको र नियमित समयमै सेवा उपलब्ध गराइने जनाएको छ।घटनासम्बन्धी विषयमा अनुसन्धान जारी रहेको तथा संलग्नमाथि कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको सुरक्षा निकायले जानकारी दिएको छ।स्थानीयवासी र ग्राहकहरूले पनि पुनः सञ्चालनसँगै दैनिक उपभोग्य सामग्री खरिद–बिक्री सहज हुने अपेक्षा व्यक्त गरेका छन्।






