काठमाडौं । तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत तेक्वान्दो विधाको पुरुष अन्डर–८७ केजी तौल समूहमा काठमाडौं जिल्लाका खेलाडी बिशान्त केसीले स्वर्ण पदक जित्न सफल भएका छन् ।

चन्द्रागिरि नगरपालिकास्थित धौलागिरी तेक्वान्दो डोजाङका खेलाडी केसीले प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक आफ्नो नाममा लेखाएका हुन् । उनको जितसँगै काठमाडौं जिल्लाले तेक्वान्दो विधामा महत्वपूर्ण सफलता हासिल गरेको छ ।

प्रतियोगितामा प्रतिस्पर्धी खेलाडीहरूलाई पछि पार्दै स्वर्ण पदक जितेका केसीको प्रदर्शनलाई खेलकुद वृत्तमा प्रशंसनीय मानिएको छ । उनको सफलताले काठमाडौं जिल्लाका साथै चन्द्रागिरि नगरको खेलकुद प्रतिष्ठा बढाउनुका साथै युवा खेलाडीहरूलाई तेक्वान्दोप्रति थप प्रेरित गरेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय