काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ । गत शुक्रबार तोलामा ९ सय रूपैयाँले बढेको सुनको मूल्य आइतबार प्रतितोला ४ हजार ८ सय रूपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुन प्रतितोला ३ लाख १ हजार ७ सय रूपैयाँमा किनबेच भइरहेको जनाएको छ । शुक्रबार सुन प्रतितोला दुई लाख ९६ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ । चाँदी शुक्रबार तोलामा चार हजार पाँच सय ८० रूपैयाँमा कारोबार भएको थियो । चाँदी शुक्रबार चार हजार ६ सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य शुक्रबारको तुलनामा प्रतितोला ६५ रूपैयाँले बढेको हो । अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस चार हजार तीन सय ४३ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय