भारतको राजधानी नयाँ दिल्लीमा आज दोस्रो दिनपछि किसानले प्रदर्शन जारी राखेका छन । अन्नबालीले उचित मूल्य पाउनुपर्ने लगायत मागसहित भारतको हरियाणा, पन्जाब र उत्तर प्रदेश राज्यका किसानले प्रदर्शन जारी राखेका हुन । किसान आन्दोलनको दोस्रो दिनपनि दिल्लीमा गाडी सञ्चालनमा समस्या हुने भन्दै प्रहरीले सावधानी अपनाउन आग्रह गरेको छ ।

प्रहरीले भिडभाड हुने समयमा यी रुटबाट टाढा हुन आग्रह गरेको छ । हिजो किसानको प्रदर्शनका कारण विभिन्न क्षेत्रमा घण्टौसम्म गाडी जाम भएको थियो । किसानको विरोधका क्रममा हिजो भएको गतिविधिलाई ध्यानमा राख्दै दिल्ली मेट्रोका धेरै स्टेशनका ढोकाहरू हिजैदेखि बन्द गरिएको छ ।

मंगलबार हरियाणा सीमामा प्रवेश गर्न खोजिरहेका आन्दोलित किसानहरूमाथि प्रहरीले अश्रुग्यास प्रहार थियो । त्यसपछि किसान र सुरक्षाकर्मीबीच झडप समेत भएको थियो । आज फेरि किसानको विरोध प्रदर्शनका क्रममा झडप हुनसक्ने भन्दै दिल्ली र आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय